आज विश्व शान्ति दिवस मनाइँदै – Kanika Khabar
Saturday, June 14Nepali News Portal

आज विश्व शान्ति दिवस मनाइँदै

    मा प्रकाशित

असोज ५, काठमाडौँ ।
‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नाराका साथ आज विश्व शान्ति दिवस, विश्वभर मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९८२ देखि सेप्टेम्बर २१ मा यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै शान्ति दिवस मनाउन थालिएको हो ।नेपालमा भने २०६५ सालदेखि मात्रै यो दिवस मनाउन थालिएको छ ।

सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्