छैनन् दरबन्दी अनुसारको विषयगत शिक्षक, देशभरका ४० लाख विद्यार्थी मर्कामा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

छैनन् दरबन्दी अनुसारको विषयगत शिक्षक, देशभरका ४० लाख विद्यार्थी मर्कामा

    मा प्रकाशित

असोज ६, काठमाडौँ ।
देशभरका सामुदायिक विद्यालयले दरबन्दी अनुसारको शिक्षक नपाउँदा पठनपाठन प्रभावित भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर ५३ हजार शिक्षक दरबन्दी अपुग छ । अँग्रेजी, नेपाली, विज्ञान लगायत विषयका शिक्षक आवश्यकता अनुसार छैनन् । जसले देशभरका विद्यालयमा शिक्षक दरबन्दी मिलानमा समस्या भएको छ, भने विद्यार्थीले पनि विषयगत शिक्षक पाएका छैनन् ।

जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर १७ को कनकपट्टी गाउँका विद्यार्थी पनि त्यस्तै समस्या भोगिरहेका छन् ।शिक्षक अभावकै कारण विद्यालयमा नियमित पठनपाठन नहुँदा एसइइ परीक्षामा सोचेजस्तो नतिजा नआएको विद्यार्थी विवेक साहले बताउनुभयो । तर पनि स्थानीय सरकारले चासो नदिएको अभिभावक फुलमति पासवानले गुनासो गर्नुभयो । कनकपट्टीबाट जनकपुरधाम उपमहानगरपालिका ११ किलोमिटरको दूरीमा छ ।

विषयगत शिक्षक अभावबारे स्थानीय सरकार जानकार भएपनि समस्या समाधानमा चासो देखाएको छैन । उपप्रमुख किशोर साहले जनप्रतिनिधिबीच नै मत बाझिएका कारण यो समस्या समाधान हुन नसकेको बताउनुभयो ।

शिक्षक अभावसँगै स्थानीय सरकारहरूले भएकै शिक्षकलाई पनि व्यवस्थित तरिकाले दबरन्दी मिलान गर्न सकिरहेका छैनन् । जसको प्रत्यक्ष मारमा झण्डै ४० लाख विद्यार्थी परेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्