कपनमा आगलागीमा परी ज्यान गुमाएका तीनजनाको पहिचान खुल्यो – Kanika Khabar
Monday, September 16Nepali News Portal

कपनमा आगलागीमा परी ज्यान गुमाएका तीनजनाको पहिचान खुल्यो

    मा प्रकाशित

असोज ६, काठमाडौँ ।
काठमाडौँको कपनमा भएको आगलागीमा परी ज्यान गुमाएका तीनजनाको पहिचान खुलेको छ । गएराति बुढानिलकण्ठ नगरपालिका–११ लसुनटारमा भएको आगलागीमा मृत्यु हुने तीनजनाको पहिचान खुलेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ताप्लेजुङका २७ वर्षका कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षका अशोक राई र काठमाडौँ महानगरपालिका–२६ रानीबारीका २५ वर्षका छेवाङ शेर्पाको मृत्यु भएको हो उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।आगलागीमा परेर एक जना घाइते भएका छन् ।

घाइते कपन बस्ने कुशल बुढाथोकीको चुनिखेलस्थित करुणा अस्पतालमा उपचार भइरहेको छ। कपनको राम मन्दिर नजिक रहेको इलाइट हिमालयन एडभेन्चर रहेको तीन तले घरमा पोर्टेबल अक्सिजन सिलिण्डर र चुल्हो बाल्न प्रयोग हुने ग्यास सिलिन्डर विष्फोट भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्