सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट – Kanika Khabar
Sunday, April 27Nepali News Portal

सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट

    मा प्रकाशित

असोज ६, काठमाडौँ ।
सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको दावी गर्दै अधिवक्ताहरु अनुपम भट्टराई र किशोर पौडेलले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

कार्यकाल सकिँदा पनि सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै रिटमा दुवै पद खाली गराउन परमादेश माग गरिएको छ ।पद धारण गरी राज्यको स्रोतसाधनको दुरुपयोग भइरहेको दावी निवेदन गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्