मा प्रकाशित
असोज ६, काठमाडौँ ।
मानव अधिकार तथा शान्ति समाजले नागरिकता विधेयकका विषयमा राष्ट्रपतिको कदमलाई आपत्तिजनक भनेको छ । सङ्घीय संसदका दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणकिरण गर्न अस्विकार गरेपछि समाजको यस्तो प्रतिकृया आएको हो ।
उक्त विधेयक संविधान अनुरुप प्रमाणिकरण गर्नुपर्ने दायित्वबाट राष्ट्रपति भण्डारी विमुख हुनु आपत्तिजनक भएको समाजले आज विज्ञप्तीमार्फत बताएको हो ।