आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Monday, April 21Nepali News Portal

आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

असोज ७, दाङ ।
आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहँदा देशका तराई भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै भोलि दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
झापाको चन्द्रगढी, बिर्तामोड, शनिश्चरे, कन्काई (गैडे, दमक) लगायतका ठाउँमा भारी वर्षा भएको छ ।झापा र इलामको सीमा आसपास भारी वर्षा भएकाले मेची, बिरिङ, निन्दा, बक्राहा, अदुवाखोला, मावा–रतुवालगायत साना नदीमा जलसतह बढ्न सक्ने भन्दै नदी तथा खोलाको तटीय क्षेत्रमा ओहोरदोहोर गर्दा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार देशका प्रमुख र मझौला नदीहरूमा भने अबको तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्