माओवादी केन्द्रका नेता शर्मा पार्टी परित्याग गरी स्वतन्त्र – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माओवादी केन्द्रका नेता शर्मा पार्टी परित्याग गरी स्वतन्त्र

    मा प्रकाशित

असाेज ८, दाङ ।

नेकपा माओवनदी केन्द्रका नेता अरुणकुमार शर्माले पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् ।
आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले पार्टीको साधारण सदस्यसमेत नरहने बताएका छन् ।

शर्माले लेखेका छन्, ` आज २०७९ असाेज ८ गतेदेखि कुनै पनि राजनीतिक दलसँग आवद्ध नरहेकाे जानकारी गराउँदछु । एक स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा सामाजिक सेवामा सक्रिय रहनेछु ।´

शर्मा लामाे सयमदेखि माओवादी निकट नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी निभाउँदै आएका थिए । साथै उनी माओेवादी निकट शिक्षक विभागकाे केन्द्रीय सदस्य रहँदै आएका थिए ।

अब अर्काे कुनै राजनीतिक पार्टीमा आवद्ध रहने साेच रहेर राजीनामा घाेषणा गर्नुभएकाे त हाेइन भन्ने कनिका खबरकाे जिज्ञासा शर्माले अब कुनै पार्टीमा रहेर राजनीति नगर्ने बताए । ` अब म कुनै पार्टीमा आवद्ध रहने छैन । एक स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा सामाजिक सेवामा सक्रिय रहनेछु । पार्टी पार्टी जस्ता रहन सकेनन्, परिणामत: म स्वतन्त्र रहने घाेषणा गरेकाे हुँ ।´

शर्मा यसअघि नेकपा एमाले र नेकपा माओबादी मिलेर बनेको नेकपा दाङको जिल्ला सदस्य समेत रहेका थिए । शर्मा लामाे समयदेखि शिक्षा क्षेत्रमा आवद्ध रहेका छन् । प्राय: निर्वाचनमा शर्माले पार्टीका घाेषणा पत्रसमेत तयार पार्ने गर्थे ।

पछिल्लो चरणमा मुलधारका राजनीतिक पार्टीप्रति जनताकाे मात्रै हाेइन नेता तथा कार्यकर्ताकाे पनि वितृष्णा बढ्न थालेकाे छ । नेता तथा कार्यकर्ता स्वतन्त्र हुने बढ्दाे क्रममा रहेकाे छ । 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्