घाेराही नगर प्याब्सनकाे दसै मिलन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न – Kanika Khabar
Friday, May 16Nepali News Portal

घाेराही नगर प्याब्सनकाे दसै मिलन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न

    मा प्रकाशित

असाेज ८, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर समितिकाे आयाेजनामा दसै मिलन तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।

समितिले दाङकाे घाेराही धारापानीमा एक कार्यक्रमकाे आयाेजना गरी दसै मिलन तथा शिक्षक सम्मान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

२०७८ सालकाे एसइइ परीक्षमा घाेराही उपमहानगरपालिकाभित्रका प्याब्सनमा आवद्ध विद्यालयहरूमा उत्कृष्ट नतिजा ल्याउन मद्दत पुर्याउने विषय शिक्षकलाई सम्मान गरिएकाे हाे ।

कार्यक्रममा माउन्टभ्यु इङलिस बाेर्डिङ स्कुलका कृष्णप्रसाद पाेख्रेल (अङ्ग्रेजी ), दीपशिखा आवासीय माविका प्रतिराज बस्नेत (गणित), जनज्याेति विद्यामन्दिरका खेमराज आचार्य (नेपाली), डम्बर बस्नेत (स्वास्थ्य जनसंख्या तथा वातावरण ), स्वर्गद्वारी बाेर्डिङ स्कुलका राेहित बस्नेत ( सामाजिक ) र वात्सायन माविका सावर्न केसी (विज्ञान ) लाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा सामाजिक विकास महाशाखाका प्रमुख विनाेद गाैतम, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशमबहादुर बुढा, प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रम घाेराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।

घाेराही नगर प्याब्सनका उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण वलीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्