नागरिकता विधेयक प्रमाणीकरण : रिटमाथि आज सुनुवाइ – Kanika Khabar
Friday, March 29Nepali News Portal

नागरिकता विधेयक प्रमाणीकरण : रिटमाथि आज सुनुवाइ

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइआज हुने भएको छ ।

आजका लागि पेसी तोकिएको भए पनि समय भने निर्धारण भइसकेको छैन । यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइसरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।

अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।

बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले सीआईएनसँग बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्