निर्वाचन आचारसंहिता : आयोग र राजनीतिक दलहरूबिच छलफल – Kanika Khabar
Thursday, June 19Nepali News Portal

निर्वाचन आचारसंहिता : आयोग र राजनीतिक दलहरूबिच छलफल

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
निर्वाचन आयोगले आगामी निर्वाचनका लागि आचारसंहिता लागु गर्ने बारेमा आज राजनीतिक दलहरूसँग छलफल गर्न लागेको छ ।

दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने आयोगको भनाइ छ । छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा छलफलमा आउनेनआउने निश्चित भइनसकेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले बताउनुभयो ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ। सोही आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन दलहरूसँग छलफल गर्न लागिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्