डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने – Kanika Khabar
Friday, April 19Nepali News Portal

डेङ्गी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गर्ने

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
स्थानीय तहहरूको समन्वयमा डेङ्गी सङ्क्रमण रोक्न गरिएको प्रयास प्रभावकारी नभएपछि सरकारले कसरी अघि बढ्ने भन्ने बारेमा सरोकारवाला निकायसँग छलफल गर्ने भएको छ ।

करिब १ साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी नियन्त्रणका लागि आवश्यक समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरेको थियो । तर त्यसअनुसारको नतिजा नआएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले बताउनुभयो ।

हालसम्म नेपालमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । देशका ७६ जिल्लामा फैलिएको डेङ्गीबाट २२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सीआईएनसँग कुरा गर्दै एकजना जनस्वास्थ्य विज्ञ डा. खेम कार्कीले ‘खोज र नष्ट गर’ अभियान प्रभावकारी नभएका कारण डेङ्गी हिमाल, पहाड र तराइमा फैलिएको बताउनुभयो ।

डेङ्गी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यसबाट बच्न पूरा बाहुला भएका कपडा लगाउन, झुलभित्र सुत्न तथा घर वरिपरि सरसफाइ गर्न, पानी जम्ने खाल्डाखुल्डी पुर्न चिकित्सकले सुझाव दिने गरेका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेङ्गी देखिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्