काङ्ग्रेस नेतृ लम्साललाई पितृ शोक – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काङ्ग्रेस नेतृ लम्साललाई पितृ शोक

    मा प्रकाशित

असोज ९, दाङ ।

नेपाली काङ्ग्रेसकी नेतृ तथा काङ्ग्रेस दाङ जिल्लाका सचिव बालिका लम्साललाई पितृ शोक परेको छ । नेतृ लम्सालका पिता दुर्गाप्रसाद लम्सालको हिजो शनिबार ८४ वर्षको उमेरमा निधन भएको हो ।

स्वर्गीय लम्साल नारायाणपुरका पुराना व्यापारी थिए । नारायणपुर क्षेत्रको बजार व्यवस्थापन र बिस्तारमा स्वर्गीय लम्सालको महत्वपूर्ण भूमिका रहेको छ । स्वर्गीय लम्सालको दुई छोरा र पाँच छोरी रहेका छन् ।

नेपाली काङ्ग्रेस दाङले एक शोक विज्ञप्ति जारी गरी लम्सालको मृत्युप्रति दुःख व्यक्त गरेको छ । जिल्ला सभापति शंकरप्रसाद डाँगी र सचिव अर्जुन योगीले एक शोक विज्ञप्ति जारी गर्दै नारायणपुर क्षेत्रको विकाससँग प्रत्यक्ष जोडिदै आएका एउटा जिउँदो इतिहास गुमाएको उल्लेख गरेका छन् ।

दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे र सचिव हरिहर शर्मा , क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का र सचिव आरके शीतल, क्षेत्र नं. ३ का सभापति जगतबहादुर खड्का र सचिव पूर्णबहादुर खत्रीले छुट्टाछुट्टै शाृेक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

प्रदेश १ (क) का सभापति श्रीपत चौधरी र सचिव माधव सापकोटा , प्रदेश १ (ख) का सभापति दिनेश गिरी सचिव लालबिर खड्काले पनि छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

 

प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ र सचिव शिशिर अधिकारी, प्रदेश २ (ख) का सभापति अभियान बस्नेत र सचिव तिलक केसीले पनि छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

प्रदेश ३ (क) का सभापति देवेन्द्र रिजाल र सचिव तेजबहादुर डाँगी, प्रदेश ३ (ख) का सभापति खिमबहादुर वली र सचिव भद्रबहादुर खड्काले पनि छुट्टाछुट्टै शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका नगर समितिका सभापति तिलक रावत र सचिव पुष्पराज आचार्यले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

नेपाली काङ्ग्रेस तुलसीपुरउपमहानगरपालिका नगर समितिका सभापति सुरेश हमाल र सचिव सुशील वलीले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

साथै नेपाली काङ्ग्रेस घोराही उपमहानगरपालिका वडा नं. १० इकाइ समितिका सभापति देबबहादुर वली र सचिव चित्रबहादुर रावतले एक शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्