राष्ट्रपति भण्डारीबाट दुई विधेयक पारित – Kanika Khabar
Thursday, March 28Nepali News Portal

राष्ट्रपति भण्डारीबाट दुई विधेयक पारित

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक पारित गर्नुभएको छ । सङ्घीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेस भएका शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो ।

 

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीद्वारा उल्लेखित विधेयक पारित भएको विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्