चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत अनुत्तीर्ण – Kanika Khabar
Friday, April 19Nepali News Portal

चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत अनुत्तीर्ण

    मा प्रकाशित

असोज ९, काठमाडौँ ।
नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा ५७ दशमलव ६८ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

काउन्सिलले हिजो सार्वजनिक गरेको नतिजा अनुसार ४२ प्रतिशत ३२ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् । परीक्षामा २ हजार ६० जना सहभागी भएका थिए। जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा १ हजार १ सय ७५ जना अनुतिर्ण भएका छन् भने २१ जना अनुपस्थित रहेका थिए । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीका अनुसार डेन्टल (बिडिएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

बिडिएस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए। परीक्षामा सहभागी भएका ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् । परीक्षामा १२३ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेको प्रतिशत ३४ दशमलव ८४ छ ।

यस्तै, एमबिबिएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन्। परीक्षामा एक हजार सात सय ५ जनाले आवेदन दिएका थिए। जसमध्ये १९ जना अनुपस्थित भएका थिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्