आजबाट देशभर यातायात ‘रुट परमिट’ खुला – Kanika Khabar
Sunday, September 15Nepali News Portal

आजबाट देशभर यातायात ‘रुट परमिट’ खुला

    मा प्रकाशित

असोज १०, काठमाडौँ
सरकारले आजबाट चाडपर्व लक्षित देशभर लागू हुने गरी यातायात ‘रुट परमिट’ खुला गरेको छ ।

दसैँंको पूर्णिमासम्मका लागि यात्रुहरू आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनेर रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।दसैँका समयमा बर्सेनी काठमाडौं उपत्यकाबाट लाखौंको सङ्ख्यामा यात्रुहरू बाहिरिने गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गत वर्ष १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएकामा यस वर्ष त्यो सङ्ख्या २० लाख पुग्नसक्ने बताउनुभयो ।

यस्तै विभागले असोज १५ गतेबाट २२ गतेसम्म नारायणगढबाट काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्