सरकारले राष्ट्रिय गानका रचयिता माइलालाई मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सरकारले राष्ट्रिय गानका रचयिता माइलालाई मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने

    मा प्रकाशित

असोज १०, काठमाडौँ ।
सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई व्याकुल माइलालाई सहज जीवनयापनको लागि मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रूपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष श्री सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैबीच,सरकारले विद्यार्थीहरूलाई सङ्घ सरकार मातहत रहेका अस्पतालमा उपचार गर्दा ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । हिजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गर्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्