पार्टीमा देउवाको मनोमानी बढ्दै, १४ गतेसम्म समानुपातिक सूचि सच्चाउन शेखर समूहको अल्टिमेटम – Kanika Khabar
Friday, May 16Nepali News Portal

पार्टीमा देउवाको मनोमानी बढ्दै, १४ गतेसम्म समानुपातिक सूचि सच्चाउन शेखर समूहको अल्टिमेटम

    मा प्रकाशित

असोज १०, दाङ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको एकलौटी निर्णय हावी हुँदै जाँदा डा.शेखर कोइराला समूहले विरोध सुरु गरेको छ । आसन्न निर्वाचनको टिकट वितरणमा सभापति देउवाको मनोमानी बढ्दै जाँदा कोइराला समूहले विरोधको कार्यक्रम अगाडि सारेको हो । समानुपातिक सूचिमा सभापति देउवाले आफू पक्षका धेरै उम्मेदवार बन्दसूचिमा राखेपछि विरोध कार्यक्रम तय गरिएको हो ।

आज सोमबार काठमाडौँको ठमेलस्थित ‘यात्री होटल’ मा बसेको बैठकले असोज १२ गतेदेखि १४ गतेसम्म पार्टी नेतृत्वलाई खबरदारी गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ।

नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी, केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मधु आचार्य, प्रकाश स्नेही, गुरूराज घिमिरे, रामनाथ अधिकारी, भूपेन्द्रजंग शाही, जितनारायण श्रेष्ठ, राजेन्द्र बगजाईं लगायतले छलफल गरी टिकट वितरणमा गुटका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने भन्दै खबरदारी गर्न लागेका छन्।

बैठकले पर्सि १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिइनेछ ।

१४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकको निर्णय छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्