आर्थिक दायित्वसहित आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन – Kanika Khabar
Thursday, June 19Nepali News Portal

आर्थिक दायित्वसहित आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

    मा प्रकाशित

असोज १०, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्थानीय तहबाट सञ्चालन हुने आधारभूत स्वास्थ्य केन्द्रको नयाँ सङ्गठन संरचना स्वीकृत गरि कार्यान्वयनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहलाई पत्राचार गरेको छ ।

 

नयाँ सङ्गठन संरचनाको कार्यान्वयनका लागि आवश्यक पर्ने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहबाटै बेहोर्न समेत मन्त्रालयले भनेको छ । मन्त्रालयले पालिकाहरुको वडामा रहने आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई जनसङ्ख्याको आधारमा ३ तहमा बर्गिकरण गरेको छ ।

 

५ हजार बढी जनसङ्ख्या भएको वडामालाई क बर्गमा राख्दै १० जना, २ हजार देखि ५ हजारसम्म जनसङ्ख्या भएको वडाको आधारभूत स्वास्थ्य केन्द्रलाई ख बर्गमा राख्दै ८ जना र २ हजार भन्दा कम जनसङ्ख्या भएको वडामा आधारभूत स्वास्थ्य केन्द्रलाई ग वर्गमा राख्दै ६ जनाको दरबन्दी स्वीकृत गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्