असोज १०, काठमाडौँ ।
गर्भपतनले कानूनी मान्यता पाएको २० वर्ष पुरा भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म १४ लाख महिलाले यो सेवा लिएका छन् ।
मन्त्रालयका अनुसार हाल नेपालमा सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने ४ हजारभन्दा बढी सूचीकृत सेवाप्रदायक रहेका छन् भने १ हजार पाँच सय संस्थामार्फत ती सेवाप्रदायकले सेवा उपलब्ध गराईरहेका छन् । तर अझै पनि ५८ प्रतिशत महिला असुरक्षित गर्भपतन गराउन बाध्य रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आठौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवसको सन्दर्भमा जारी गरेको विज्ञप्ती सो कुरा उल्लेख छ ।
नेपालमा गर्भपनतको कानुनी मान्यता भएपनि हाल ४२ प्रतिशत महिलाहरुले मात्र गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको उक्त विज्ञप्तीमा उल्लेख छ।कुल गर्भपतन गराएको महिला मध्ये ५८ प्रतिशत महिलाहरूले असुरक्षित रुपमा गर्भपतन गरिएको तथ्याङ्क रहेको महाशाखाले विज्ञप्ती मार्फत जनाएको छ ।
नेपालमा २०५९ असोज १० गते मुलुकी ऐनको ११औँ संशोधन गरी गर्भपतनलाई कानूनी मान्यता दिइएको थियो । कानूनी मान्यता पाएको दिनलाई सुरक्षित गर्भपतन सेवा दिवसका रूपमा २०७२ सालदेखि मनाउन थालिएको हो ।