मा प्रकाशित
एजेन्सी ।
मध्य रुसको एक विद्यालयमा भएको गोलीकाण्डमा ७ जना विद्यार्थी सहित १३ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । इज्हेभ्स्क सहरमा रहेको स्कुलमा भएको सो गोलीकाण्डमा मृत्य हुनेमा २ जना शिक्षक र दुईजना सुरक्षा गार्डसमेत रहेको रुसी अधिकारीहरूले जानकारी दिएका छन् ।
घटनापछि आक्रमणकारीले आफैलाई गोली हानेको बताइएको छ । हालसम्म घटनाको कारण भने खुल्न सकेको छैन । विद्यालय भवनलाई अहिले खाली गरिएको छ । स्थानीय अधिकारीले आक्रमणकारीले दुईवटा पिस्तोल बोकेर आएको बताएका छन् ।