सिरियामा हैजाको प्रकोप फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो – Kanika Khabar
Saturday, March 15Nepali News Portal

सिरियामा हैजाको प्रकोप फैलिएसँगै मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो

    मा प्रकाशित

एजेन्सी ।
सिरियाका विभिन्न क्षेत्रमा हैजाको प्रकोपका कारण कम्तीमा २९ जनाको मृत्यु भएको छ। जसलाई संयुक्त राष्ट्र सङ्घले युद्धग्रस्त देशमा वर्षौंदेखिको सबैभन्दा खराब प्रकोप भनेको छ।सिरियाली स्वास्थ्य मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा द्रुत मूल्याङ्कन परीक्षणले गत महिना पहिलो पटक हैजाको प्रकोप देखिएको पुष्टि गरेको छ ।

अलेप्पो प्रान्तमा मात्रै २ सय ३०सङ्क्रमित देखापरेकोमा २५ जनाको मृत्यु भएको पुष्टि भएको थियो । संयुक्त राष्ट्र सङ्घले सिरियामा हैजा प्रकोप दूषित पानी प्रयोग गरेर बाली सिँचाइ गर्नु र सिरियालाई उत्तरबाट पूर्वमा विभाजन गर्ने यूफ्रेटिस नदीको असुरक्षित पानी पिउनाले फैलिएको हुनसक्ने बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्