आज सिटबाँडफाँड बारे सहमति हुने सम्भावना – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

आज सिटबाँडफाँड बारे सहमति हुने सम्भावना

    मा प्रकाशित

असोज ११, दाङ ।
सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा आज सहमति गर्ने सम्भावना रहेको नेताहरूले दावी गरेका छन् ।

सहमति अघि सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक बिहान बस्ने एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ ।

नेपाली काँग्रेस भित्रको विवादको प्रभाव सिट बाँडफाँडमा देखिएको अरु दलहरूको निष्कर्षछ । सरकारमा सहभागी काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् । कार्यदलका एक सदस्यका अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखिएको छ ।

काँग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति खोज्ने तयारी शीर्ष नेताहरूले गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्