६ राजनीतिक दललाई समानुपातिकतर्फको बन्दसूचि सच्याउन निर्देशन – Kanika Khabar
Thursday, April 24Nepali News Portal

६ राजनीतिक दललाई समानुपातिकतर्फको बन्दसूचि सच्याउन निर्देशन

    मा प्रकाशित

असोज ११, दाङ ।

निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याएर पठाउन निर्देशन दिएको छ ।

आयोगका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याउन भनिएको छ । अन्य दलहरूलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरूको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्