आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै – Kanika Khabar
Friday, May 16Nepali News Portal

आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै

    मा प्रकाशित

असोज ११, दाङ ।
बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ ।

ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिका माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ । शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आज पनि राजधानी काठमाडौँका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको बिहानैदेखि भिड लागेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्