मलेसियामा रहेका नेपालीका लागि श्रम सहायता केन्द्र स्थापना हुने – Kanika Khabar
Thursday, September 19Nepali News Portal

मलेसियामा रहेका नेपालीका लागि श्रम सहायता केन्द्र स्थापना हुने

    मा प्रकाशित

असोज ११, दाङ ।
मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घसंस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न श्रमिक सहायता केन्द्र चौबिसै घण्टा सञ्चालन गरिने बताउनुभयो ।

जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँको भनाइ छ ।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयनमा आफूले प्राथमिकताका साथ काम गर्ने राजदूत पौडेलले प्रतिबद्धता जनाउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्