आज देशभरको मौसम बदली रहने – Kanika Khabar
Saturday, June 14Nepali News Portal

आज देशभरको मौसम बदली रहने

    मा प्रकाशित

असोज ११, दाङ ।
आज देशभरको मौसम बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हाल मनसुनको न्यून चापीय रेखासरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

महाशाखाले आज बिहानैदेखि देशभर आंशिक बदली रही मधेश प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा वर्षा भइरहेको पनि बताएको छ । महाशाखाले आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ जनाएको छ ।

यस्तै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्