नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज – Kanika Khabar
Monday, April 21Nepali News Portal

नेपाल र बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेल आज

    मा प्रकाशित

असोज ११, दाङ ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज दक्षिण एसियाली प्रतिद्वन्दी बङ्गलादेशविरुद्ध एक मैत्रीपूर्ण खेल खेल्दैछ ।
घरेलु मैदान दशरथ रङ्गशालामा नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल र बङ्गलादेशबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईँले बङ्गलादेशविरुद्ध जितकै लागि खेल्ने बताउनुभयो । तर, टिमका कप्तान किरण चेम्जोङले भने बङ्गलादेशविरुद्धको खेल जित्न सहज नभएको बताउनुभयो ।

नेपालले बङ्गलादेशविरुद्ध हालसम्म २४ पटक प्रतिस्पर्धा गरेको छ । जसमा बङ्गलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्