मंगलबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

मंगलबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु हुँदै

    मा प्रकाशित

असोज ११, दाङ ।

निर्वाचन आयोगले आज मध्यरातदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दललगायत विभिन्न सरोकारवाला पक्षले पालना गर्नुपर्ने गरी आचारसंहिता जारी हुन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

गत आइतबार आयोगलेविभिन्न दलका मुख्य नेताहरूलाई बोलाएर निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो । सो अवसरमा आयोगले उनीहरूलाई आफ्नो दल आचारसंहिता पालना गर्न प्रतिबद्ध छ भनेर हस्ताक्षर समेत गराएको थियो ।

यसैबीच, आयोगले निर्वाचन खर्चको सीमा निर्धारण सन्दर्भमा दलहरूसँग आज छलफल गरेको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार दलहरूसँग आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा खर्च सीमा निर्धारणका सन्दर्भमा छलफल गरिएको जानकारी दिनुभयो । आयोगले दलहरूको खर्च विवरण ट्रयाक गर्ने योजनामा रहेको र खर्च विवरण ट्रयाक गर्नका लागि विभिन्न अनुगमन समिति बनाउने भएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्