एजेन्सी ।
रूसले युक्रेनी युद्धलाई मध्यनजर गर्दै आंशिकरुपमा सैन्य परिचालनको घोषणा गरेपछि सैन्य सेवामा लाग्ने उमेरका युवाहरू देश छाडेर भाग्ने क्रम बढेको छ । यसलाई रोक्न रुसको सीमाना बन्द गर्ने चर्चामाझ रुसी सरकारले भने त्यस्तो कुनै निर्णय नभएको बताएको छ ।
रुसबाट बाहिरिन भिषा नलाग्ने जर्जियातर्फको एक मात्र सडक सीमामा ४८ घण्टा लामो लाईन कुरेर देश छाड्ेनहरू पनि भेटिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन् । जर्जिया पश्चिम समर्थक मुलुक भएर पनि छिमेकी रूसी नागरिकहरूलाई भिसा बिना प्रवेश दिने थोरै मुलुकमध्ये एक हो । कजाकस्तान र मंगोलियासँगका सीमानामा बाहिरिने कारहरूको लामो लाइन लागेको छ ।
रुसी राजनीतिक–वृतमा भने उमेर पुगेकाहरुलाई देश बाहिरिन रोक्नुपर्नेे माग उठ्न थालेको छ । रुसले दोस्रो विश्वयुद्धपछि पहिलो पटक यस्तो खासको सैन्य परिचालनको घोषणा गरेको हो । त्यसकारणले पनि सरकार र जनता दुवै तर्फ एक खालको अन्यौलता देखिन्छ ।