काँग्रेसको पार्टी मुख्यालयमा कोइराला समुहको धर्ना – Kanika Khabar
Thursday, April 18Nepali News Portal

काँग्रेसको पार्टी मुख्यालयमा कोइराला समुहको धर्ना

    मा प्रकाशित

असोज १२, काठमाडौँ ।
आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टी मुख्यालय सानेपामा धर्ना दिएका छन् ।

समानुपातिक उम्मेदवारबारे बालुवाटारमा काँग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन् । आफूहरू पार्टीको विरुद्धमा नरहेको तर पार्टीभित्र न्याय भने मागेको उनीहरूको भनाइ रहेको छ ।

धर्नामा सहभागी हुँदै काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले धर्ना पूर्ण रूपमा मौन रहने बताउनुभयो ।

प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनमा प्रतिस्पर्धा गर्ने र आफूलाई मत नहालेकै आधारमा चुनावमा टिकट नदिने नीति लिएर एकलौटी गरेको कोइराला समूहको आरोप छ । अस्ति सोमबार बसेको गुटको बैठकले पार्टी भित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए संघर्ष गर्ने निर्णय गरेको थियो । उनीहरूले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् ।

हाल निर्वाचन आयोगमा काँग्रेसले बुझाएको सूचीमा कोइराला समूहका करिब १० प्रतिशत नेताहरू मात्रै परेका छन् । प्रत्यक्षतर्फ समेत टिकट वितरणमा सोही खालको व्यवहार हुनसक्ने चिन्तामा कोइराला समूह रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्