दाङ प्याब्सनको प्रअ भेला सम्पन्न, विदामा बालबालिकालाई निगरानीमा राख्न अभिभावकलाई अपील – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दाङ प्याब्सनको प्रअ भेला सम्पन्न, विदामा बालबालिकालाई निगरानीमा राख्न अभिभावकलाई अपील

    मा प्रकाशित

असोज १२, दाङ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइनेसन नेपाल (प्याब्सन) दाङले आज बुधबार प्रधान अध्यापकहरुको भेला तथा दसैं मिलन कार्यक्रम सम्पन्न गरेको छ । प्याब्सन दाङले आज जिल्लाको घोराही उपमहानगरपालिका वडा नंं. १३ स्थित बराह क्षेत्रमा एक कार्यक्रमको आयोजना गरी प्रअ भेला तथा दसै मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्याब्सन केन्द्रीय सचिव यादव गिरीले सामाजिक सुरक्षा कोषको प्रबोधीकरणका बारेमा स्पष्ट पार्दै सामाजिक सुरक्षा कोषका सम्बन्धमा सरकारले तय गरेका नीतिगत अवस्था र कानुनी अड्चनका बारेमा स्पष्ट पारेका थिए । ‘सामाजिक सुरक्षा कोष राज्यको नीति हो, ढिलोचाँडो सबै यसमा आवद्ध रहनै पर्नेछ । यसका लागि आवश्यक परामर्श, छलफल तथा कानुनी प्रावधानका बारेमा स्पष्ट तथा जानकार रहन आवश्यक छ ।’ गिरीले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा प्याब्सनका निवर्तमान केन्द्रीय सल्लाहकार नारायणप्रसाद अधिकारीले प्याब्सनका नीति नियममा कटिबद्ध रहेर विद्यालय सञ्चालन गर्न सुझाएका थिए । कार्यक्रममा प्याब्सनका निवर्तमान प्राज्ञिक सल्लाहकार अरुण कुमार शर्मा, प्याब्सन दाङका वरिष्ठ सल्लाहकारहरु केशव थापा, शरदकुमार शर्मा, प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र, घोराही नगर प्याब्सनका अध्यक्ष बीरेन्द्र चन्द, तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरीराज डाँगी, लमही नगर प्याब्सनका अध्यक्ष नारायण भुसाल, राप्ती प्याब्सनका अध्यक्ष शोभाखर भुसाल लगायतले मन्तव्य राखेका थिए ।

भेलाले दसैं तिहारका अवसरमा प्याब्सन अन्तर्गतका विद्यालयहरुमा आगामी कार्तिक १३ गतेसम्म बिदा रहने र कार्तिक १४ गते सोमबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै भेलाले चाडपर्वका अवसरमा गरिएको लामो बिदामा आफ्ना बालबच्चाहरुलाई विद्यालयले उपलब्ध गराएको गृहकार्य गराउन, नियमित रुपमा आफ्ना बालबच्चाको पठनपाठनमा सहयोग पु¥याउन, बालबच्चालाई निगरानीमा राख्न, बालबच्चाको स्वास्थ्यमा ध्यान दिन पनि सम्पूर्ण अभिभावकमा अपील समेत गरेको छ ।

भेला प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीको अध्यक्षतामा सम्पन्न भएको थियो । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजय जिएमको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्