डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै

    मा प्रकाशित

असोज १३, काठमाडौँ ।
नेपालमा डेङ्गी रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकोमा स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २७ हजारभन्दा बढी मानिस डेङ्गी सङ्क्रमित भएकोमा ३६ जनाको मृत्यु भएको छ ।

 

यसअघि, २०७६ मा डेङ्गीका कारण ७ जनाको मृत्यु भएको सरकारले बताएको थियो । यसपटक भने मृतकको सङ्ख्या बढेकोमा विज्ञहरू चिन्तित बनेका छन् । सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य विज्ञ डा.भोजराज अधिकारीले दोहो¥याएर डेङ्गी लागेको खण्डमा थप जटिल हुने भएकाले सतकर्ता अपनाउन आग्रह गर्नुभयो ।

 

कोरोना सङ्क्रमणका कारण हिजो १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । सरकारले कोरोनाको जोखिम पनि कायमै रहेकाले सतर्क रहन समेत आग्रह गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्