तत्काल ठूलो पानी पर्ने सम्भावना कम : मौसमविद् – Kanika Khabar
Thursday, September 19Nepali News Portal

तत्काल ठूलो पानी पर्ने सम्भावना कम : मौसमविद्

    मा प्रकाशित

असोज १३, दाङ ।
मनसुन निस्क्रिय रहेकाले तत्काललाई ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।ठूलो पानी नपरे पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुन निस्क्रिय रहे पनि मनसुनी गतिविधि कायमै रहेकाले हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात आउँदो आइतवार फूलपातीसम्म छ । यो अवधि वा योभन्दा छिटो र ढिलो गरी मनसुन बाहिरिन सक्छ । यसपालि जेठ २८ गते मनसुन भित्रिएको थियो।आज प्रदेश१, मधेस र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्