श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च – Kanika Khabar
Friday, May 16Nepali News Portal

श्रीलङ्कामा मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

    मा प्रकाशित

असोज १३, दाङ ।
श्रीलङ्का सरकारले मानव र हात्तीबीचको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको बताएको छ ।

कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको बताउनुभयो ।

मानव–हात्ती द्वन्द्वका कारण श्रीलङ्कामा बर्सेनि करिब ३ सय हात्तीको र एक सय भन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ ।

हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्