आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै – Kanika Khabar
Thursday, June 19Nepali News Portal

आज नवरात्रको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

    मा प्रकाशित

असोज १४, दाङ ।
नवरात्रको पाँचौँ दिन, आज स्कन्दमाताको पूजा, आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। त्यसअनुसार आज स्कन्दमाता भगवतीको पूजा गरिँदैछ ।

स्कन्दकुमार (कुमार) को माता भएकाले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ। गोरो वर्ण चार हात भएको स्कन्दमाताको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । कमलको आसनमा बसेको हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ

। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरूले शक्तिस्वरूपा भगवतीको आरधना गर्दछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्