राष्ट्रपति भण्डारीले सार्वसाधारण नागरिकलाई टीका लगाइदिने – Kanika Khabar
Saturday, June 14Nepali News Portal

राष्ट्रपति भण्डारीले सार्वसाधारण नागरिकलाई टीका लगाइदिने

    मा प्रकाशित

असोज १४, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यसपटक पनि सार्वसाधारणलाई दसैँंको टीका लगाइदिनुहुने भएको छ ।

राष्ट्रपतिबाट विशिष्ट व्यक्तिलाई टिका लगाउनका लागि असोज १९ गते विजया दशमीको दिन १ घण्टाको समय छुट्याइएको छ। सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरू, सङ्घीय सांसद र संवैधानिक निकायका पदाधिकारीहरूलाई १९ गते दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।

राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्