मिसन मंसिर ४ : ३ हजार ६५ मतदानस्थल अति संवेदनशील – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मिसन मंसिर ४ : ३ हजार ६५ मतदानस्थल अति संवेदनशील

    मा प्रकाशित

असोज १४, दाङ ।
गृह मन्त्रालयले सङ्घ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ ।

सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको सङ्ख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो । गृहका अनुसार चार हजार चार सय ७८ मतदानस्थललाई संवेदनशील र बाँकी तीन हजार तीन सय ४८ लाई सामान्यको सूचीमा राखिएको छ । निर्वाचन आयोगले मङ्सिर ४ मा हुन लागेको निर्वाचनका लागि देशभर कुल १० हजार आठ सय ९१ स्थायी मतदानस्थल कायम गरेको छ ।

जिल्लाहरूबाटै आएको जानकारीका आधारमा सुरक्षा संवेदनशीलता मूल्याङ्कन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताउनुभयो । करिब सय अस्थायी मतदानस्थल राख्ने आयोगको तयारी छ ।

स्थानीय तहको निर्वाचनपछि थपिएका एक सय ३५ मतदानस्थललाई गृहले अति संवेदनशीलमा राखेको छ । यस्ता मतदानस्थलमा न्यूनतम तीन नेपाल प्रहरी र नौ म्यादी प्रहरी खटिनेछन् ।

झैझगडा हुने सम्भावना भएका, विगतमा बुथ लुटिएका, भारतसँगको सीमाक्षेत्रका तथा अति दुर्गम क्षेत्रका मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्