एमालेमा प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमालेमा प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष ओलीलाई

    मा प्रकाशित

असोज १४, दाङ ।
नेकपा एमालेले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। गएराति अबरेसम्म अध्यक्ष ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार ओलीलाई दिने निर्णय गरेको हो ।

 

आवश्यक परामर्शमा अध्यक्ष ओलीलाई उम्मेदवारको अन्तिम तय गर्ने अधिकार दिइएको एमालेले जनाएको छ । तल्ला कमिटीबाट सिफारिस भएर आएका सबैको नाममा छलफल भएको र एकल रूपमा सिफारिस भएका नाममा पनि छलफल भएको छ । तर, कुनै ठोस निर्णय भने नभएको सचिव पद्मा अर्यालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्