वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या साढे ३ गुणाले बढ्यो – Kanika Khabar
Thursday, March 28Nepali News Portal

वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या साढे ३ गुणाले बढ्यो

    मा प्रकाशित

असोज १४, काठमाडौँ ।
चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या साढे ३ गुणाले बढेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनामा २ हजार ९५० जना महिला वैदेशिक रोजगारीमा गएका थिए भने चालू आर्थिक वर्षको सो अवधीमा १० हजार ८०१ जनाले बढेर १३ हजार ७६१ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको बार्षिक तथ्याङ्क भन्दा पनि बढि हो ।

गत आर्थिक वर्ष जम्मा ११ हजार ४ सय छट जना महिला वैदेशिक रोजगारीका लागि गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।

विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो महिनामा मात्रै ६ हजार २४२ जना महिला रोजगारीका लागि विदेश गएका छन् भने भदौ महिनामा ७ हजार ५१९ जना महिला रोजागारीका लागि विदेशिएका छन् । जसमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढि महिलाहरू दबई, कुवेत, कतार र मलेसिया गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीका लागि ३ हजार ७५५ जना महिला दुबई गएका छन् भने २ हजार ५६७ जना कुवेत गएका छन् ।

यस्तै १ हजार ७६४ जना महिला मलेसिया गएका छन् भने १ हजार ८ जना महिला कतार गएका विभागले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्