अनुज पछाई
असोज १४, रुकुमकोट ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका करार शिक्षकले तलब नपाएको गुनासो गरेका छन् ।
गाउँपालिकासँग गरिएको सम्झौता अनुसार गत असार २५ गते करार सम्झौता सकिएको छ । तर बैशाखदेखि असारसम्मको तलब एक सय ४० भन्दा बढी शिक्षकहरूले पाएका छैनन् ।
तलब नपाएका शिक्षकहरूले आन्दोलन गर्ने चेतावनी दिए पनि गाउँपालिकाले भने बजेट अभावको कारण तलब दिन नसकेको बताएको छ ।
गाउँपालिकाले अन्य शाखाका करार कर्मचारीलाई तलबभत्ता उपलब्ध गराएको तर करार शिक्षकहरूलाई भने नदिएको शिक्षकहरूको आरोप छ । पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले तिहारपछि करारका शिक्षकलाई तलब दिने बताउनुभयो ।