युक्रेनका क्षेत्र रूसमा सहभागी गराउने रूसको निर्णय पछि अमेरिकाले थप्यो प्रतिबन्ध – Kanika Khabar
Wednesday, April 23Nepali News Portal

युक्रेनका क्षेत्र रूसमा सहभागी गराउने रूसको निर्णय पछि अमेरिकाले थप्यो प्रतिबन्ध

    मा प्रकाशित

असोज १५, दाङ ।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका थप चार क्षेत्रलाई रूसमा सामेल गराउने निर्णयमा हस्ताक्षर गरेसँगै अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले रूसको यो कदमको निन्दा गर्दै युक्रेनलाई अतिरिक्त सुरक्षा सहयोग गर्ने पनि बताउनुभयो ।

 

हाल युक्रेनमा रहेका दोनेत्स्क, लुहान्स्क, खेरसन र जोपोरिजीया क्षेत्रहरू रूसमा गाभ्ने निर्णय भएपछि संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकले विरोध गरेका छन् । अबको केहि दिनपछि युक्रेनका यी क्षेत्र औपचारिक रुपमा रूसमा सहभागि हुने प्रक्रिया सुरु हुने रूसी राष्ट्रपति पुटिनले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्