असोज १५, दाङ ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर कालापानी क्षेत्रमा राष्ट्रिय स्तम्भ गाडिएको छ ।
कालापानी क्षेत्रमा बनेको सो स्तम्भको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा निर्माण भएको स्तम्भ उद्घाटनका लागि आउँदो २७ गते राष्ट्रपति भण्डारी दार्चुला जाने तय भएको हो ।
व्यास गाउँपालिकाले करिब १५ लाख बजेटमा यो स्तम्भ निर्माण गरेको हो । यो ठाउँ व्यास ऋषिको मन्दिरका कारण पनि महत्वपूर्ण मानिन्छ ।