आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने जसपाको निर्णय – Kanika Khabar
Thursday, June 12Nepali News Portal

आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने जसपाको निर्णय

    मा प्रकाशित

असोज १५, काठमाडौँ ।
सत्ता गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी(जसपा)ले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने निर्णय गरेको छ ।

पार्टीको आज बसेको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनसँग सिट बाँडफाँटको विषयमा कुरा नमिलेकाले अरू दलसँग पनि तालमेल गर्न सक्ने तर त्यसो नभएको खण्डमा एक्लै पनि निर्वाचनमा भाग लिन सक्ने निर्णय गरेको छ ।

जसपा प्रवक्ता मनिषकुमार सुमनका अनुसार गठबन्धनभित्र सिट बाँडफाँटसम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएकाले अरू दलसँग पनि तालमेल गर्न सक्ने निश्कर्ष बैठकले निकालेको छ ।

सम्भव भएसम्म विकल्पका रूपमा अरू दलहरूसित पनि तालमेल गर्न सकिने तर त्यसो हुन नसकेको अवस्थामा जसपाले आसन्न निर्वाचनमा एक्लै भाग लिने निर्णय गरिएको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्