विवेकशीलद्वारा विचारभन्दा माथि देशको सिद्धान्त खारेज – Kanika Khabar
Sunday, March 16Nepali News Portal

विवेकशीलद्वारा विचारभन्दा माथि देशको सिद्धान्त खारेज

    मा प्रकाशित

असोज १५, काठमाडौँ ।
विवेकशील साझा पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको छ । पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले विचारभन्दा माथि देशको सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको हो।

 

दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिशन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिनुभयो ।

 

यस्तै उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर समेत हुने बैठकले निर्णय गरेको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्