वातासिनो कप फुटबलको उपाधि वडा नं. ७ लाई – Kanika Khabar
Friday, April 19Nepali News Portal

वातासिनो कप फुटबलको उपाधि वडा नं. ७ लाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१५ असोज दाङ ।
दाङको तुलसीपुरमा सञ्चालित तुलसीपुर नगर स्तरीय वातासिनो कप फुटबल प्रतियोगिता २०७९ को उपाधी वडा न ७ ले जितेको छ । नेपाल कम्युनिस्ट पार्टी युवा जन स्वयंसेवक नेपाल दाङको आयोजना तथा दाङ वातासिनोको सहयोगमा सञ्चालित प्रतियोगिताको आज शनिवार सम्पन्न फाईनल खेलमा वडा न ६ लाई ट्राईबेकरमा ३(१ गोल अन्तरले पराजित गर्दै वडा न ७ ले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ५० हजार,कप मेडल तथा प्रमाणपत्र हात पार्‍यो । फाईनलमा सम्मानजनक हार ब्यहोरेको वडा न ६ उपबिजेतामा सिमित रहदै नगद २५ हजार,मेडल प्रमाणपत्रमा चित्त बुझौन बाध्य भयो ।

अरनिको मैदानमा भएको कडा साननदार अनि रोमाञ्चक खेलको फस्ट हाफ्को सुरुवातमै वडा न ६ का जर्सी न ७ का टार्जन गिरिले पहिलो गोल गर्दै टिम लाई १–० को अग्रता दिलाए । कडा प्रतिस्पर्धात्मक खेलको ३१ औ मिनेटमा बिवेक रसाईलीको पासमा वडा न ७ का जर्सी न १० का निशान बालान क्षेत्रीले जवाफी गोल गर्दै टिम लाई १(१ को बराबरीमा पुर्‍याए । निर्धारित समय सम्म दुबै टिमबाट थप गोल हुन नसके पछि खेलको नतिजा ट्राईबेकरबाट निकालिएको थियो ।

फुटबल खेलको बिकास र प्रवर्द्धनसँगै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने मुख्य उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा तुलसिपुर नगर क्षेत्रमा १९ वडाका १६ टिमको सहभागिता रहेको थियो ।

यसैबिच प्रतियोगिताको समापन समारोह नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठन युवा जन स्वयंसेवक नेपाल दाङका अध्यक्ष अजय दुलालको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टी बहुमतको संगठनका केन्द्रीय सदस्य एवं एवं युवा जन स्वयंसेवक नेपालका केन्द्रीय फ्रयाक्सन ईन्चार्ज दिपक चलाउनेको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा दाङको फुटबलको बिकासमा प्रशिक्षण मार्फत खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान पुर्‍याउने फुटबलका पुर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ र दाङ जिल्ला फुटबल संघका एन्फा प्रशिक्षक दुर्गा राजलवट लाई कदर पत्रले सम्मान गरिएको थियो । त्यस्तै प्रतियोगिता लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने संघ संस्था तथा ब्यक्तीहरु लाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ ।कार्यक्रमको संचालन लिलाधर परियारले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्