मा प्रकाशित
असोज १६, दाङ ।
रुसले आफ्नो देशमा गाभेको घोषणा गरेको युक्रेनको डोनेस्कको लिमनमा रुसी सैनिक पराजित भएका छन्।
युक्रेनी सैनिक डोनेस्कको लिमनबाट रुसी सैनिकलाई हटाउन सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। रुसले उक्त क्षेत्रबाट आफ्ना सैनिक पछि हटेको रुसले पनि स्वीकार गरेको छ।
रुसको रक्षा मन्त्रालयका प्रवक्ताले युक्रेनी सैनिकले ठूलो क्षति बेहोरे पनि उनीहरुको आकार ठूलो रहेकाले आफ्ना सैनिक पछि हटेको स्वीकार गरेको बीबीसीले जनाएको छ।