सुनसान हुँदै काठमाडौँ : साढे ६ लाखले छाडे उपत्यका – Kanika Khabar
Tuesday, September 17Nepali News Portal

सुनसान हुँदै काठमाडौँ : साढे ६ लाखले छाडे उपत्यका

    मा प्रकाशित
फाइल तस्बीर

असोज १६, काठमाडौँ ।
विजया दशमीमा उपत्यका छाडेर घर जानेहरुको लहरसँगै काठमाडौँ सुनसान हुँदै जान थालेको छ । दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट साढे ६ लाख नागरिक बाहिरिएका छन् । महानरीय ट्राफिक प्रहरी मशाशाखाका अनुसार हिजो सबैभन्दा धेरै यात्रुले काठमाडौँ छोडेका छन् । आजबाट बाहिरिनेको सङ्ख्या कम हुने प्रहरीको भनाइ छ ।

आज र भोलिसम्ममा घर जानेहरूको भीडका कारण बसपार्क, विभिन्न राजमार्गहरूमा चहलपहल हुन्छ । बसपार्कमा पुगेका यात्रुले भने टिकट पाउन नसकेको गुनासो गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच आवश्यकता अनुसार बस थप्ने सहमति भएको थियो । चिनेजानेका मानिस, सरकारी उच्च अधिकारीको भनसुनमा व्यवसायीले टिकट वितरण गरेको भन्दै यात्रुहरूले आक्रोश पोख्ने गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले टिकटको समस्या नभएको दावी गर्नुभयो । सवारीसाधनको व्यवस्थापन भएनभएको बारेमा जानकारी लिन र तत्काल यात्रुको माग सम्बोधनका लागि टोली खटिएको उहाँको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्