अझै फुकेन टिकट बाँडफाँडका गाँठो, आज पनि छलफल – Kanika Khabar
Thursday, June 12Nepali News Portal

अझै फुकेन टिकट बाँडफाँडका गाँठो, आज पनि छलफल

    मा प्रकाशित

असोज १६, दाङ ।
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सिट बाँडफाँडका बारेमा सत्ता गठबन्धनले आज पनि छलफल गर्दैछ ।

सहमतिको प्रयासस्वरुप आज बिहान सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने एकीकृत समाजवादी पार्टीका नेता तथा सिटबाँडफाँड कार्यदलका सदस्य प्रकाश ज्वालाले बताउनुभयो । उहाँका अनुसार सङ्घमा ९५ प्रतिशत कुरा मिले पनि प्रदेशको बारेमा कुरा अघि बढ्न सकेको छैन ।

सिट बाँडफाँडको प्रस्तावमा सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) ले भने असन्तुष्टि जनाएको छ । हिजो बसेको जसपाको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनसँग कुरा नमिले अरू दलसँग पनि तालमेल गर्न सक्ने तर त्यसो नभएको अवस्थामा एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्