दाङको ग्वार खोलामा डुबेर एक बालकको मृत्यु – Kanika Khabar
Thursday, June 12Nepali News Portal

दाङको ग्वार खोलामा डुबेर एक बालकको मृत्यु

    मा प्रकाशित

असोज १६, दाङ ।
दाङको ग्वार खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गाइडर निबासी १४ बर्षका अविसेक भुसाल रहेको तुलसीपुर उपमहानगरपालिका–६ का वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले जानकारी दिनुभयो ।

दिउँसो साढे तीन बजे उरहरी कुलाको बाँधमा पौडी खेल्ने क्रममा अविसेक डुबेको अध्यक्ष भण्डारीले बताउनुभयो । डुबेको जानकारी पाए लगत्तै गएको जनप्रतिनिधी, प्रहरी र स्थानीयको टोलिले ३ घण्टापछि हिलोमा गाडिएको अवस्थामा भुसालाई मृत फेला पारेका थिए ।

उद्धारका लागि तीनवटा जेसिवी र तालिम प्राप्त प्रहरीको टोलि परिचालन गरिएको थियो । पौडी खेल्न तीनजना गएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्