मा प्रकाशित
देवचन्द्र भट्ट
असोज १७, नुवाकोट ।
नुवाकोटको शिवपुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ६ फेदीगाउँका ६५ वर्षका इन्द्रबहादुर पाठकको आफ्नै घर पोत्ने क्रममा करेन्ट लागेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते हुनुभएका पाठकको काठमाडौँ स्थित विपी स्मृति अस्पतालमा मृत्यु भएको प्रहरी सहायक निरीक्षक हेमराज पौडेलले जानकारी दिनुभयो । सर्वसाधारणलाई अनावश्यक विद्युतीय कार्य नगर्न र विद्युतीय उपकरण अनावश्यक रुपमा नचलाउन प्रहरीले अनुरोध गरेको छ ।